• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
बिजनेस
भेडेटारमा अंग्रेजी नया‘ वर्षको अवसरमा छैठौं फुड फेष्टिवल सुरु
प्रकाशित मिति: आइतबार, पौष १६, २०७४

धनकुटा । धनकुटाको प्रमुख पर्यटकीय स्थल भेडेटारमा आजदेखि अंग्रेजी नया‘ वर्षको अवसरमा छैठौं फुड फेष्टिवल सुरु  भएको छ । 

होटल एशोसिएसन भेडेटारको आयोजनामा  सुरु भएको हो । तीन दिवसीय फेष्टिवलमा  स्थानीय मौलिक परिकार मुख्य आकर्षण हुनेछ । यसैगरी स्थानीय लिम्बु, मगर, याखा, राई लगायत जातिको मौलिक सांस्कृतिक झा“की, हस्तकलाका सामाग्री लगायत समावेश हुने आयोजकले जनाएको छ ।

आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, होटल व्यापार व्यवसाय, होमस्टे, कृषि तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धनका लागि फेष्टिवल आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक लीलाराज लावतीले जानकारी दिनुभयो ।

फेस्टिवलमा सहभागी हुन स्वदेशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतकाबाट समेत पर्यटक आउने क्रम जारी रहेको छ । २१ स्टल र आसपासका होटललाई समेत थप स्टलको रुपमा समावेश गरिएको आयोजक समितिका सचिव जितेन्द्र रुम्जालीले बताउनु भयो । फेष्टिभलमा ३० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।  

Comments