• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
बिजनेस
दमक महोत्सवको मुख्य आर्कषण हात्ति, घोडा, उट र हेलिकप्टर
प्रकाशित मिति: शनिबार, पौष १५, २०७४

दमक  । झापाको दमकमा यहि पुषको अन्ति साताबाट संचालन हुन लागेको पाँचौ “दमक महोत्सव २०७४”को मुख्य आर्कषणका रुपमा हात्ति, घोडा, ऊट र माउण्ट एयरको हेलिकप्टर रहने भएको छ ।

आयोजकले महोसत्बलाई थप सभ्य र भब्य बनाउन हात्ति, घोडा, ऊट र माउण्ट एयरको हेलिप्टर समेत चढ्न पाउने व्यवस्था मिलाएको जनाएको छ ।

दशर्कहरुको हरेक चाहनालाई पुरा गर्न हात्ति, घोडा, उटमा सवार गर्न चाहनेहरुका लागि यि सवै सुविधा उपलब्ध गराउन लागिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

यसै गरि महोत्सवमा दर्शक तथा सर्वसाधारणहरुका लागि हेलिकप्टर सुविधा पनि उपलब्ध गराईने अध्यक्ष ढकालले जानकारी दिनु्भयो । स्थानीय र ताप्लेजुङ स्थित पाथिभरा माताको दर्शनका लागि दूइ वटा प्याकेजमा हेलिकप्टर सेवा उपलब्ध हुने भएको छ ।

स्थानीय क्षेत्रको अवलोकनका लागि ७ मिनेटको हवाई यात्रा गरे वापत ५ हजार ५ सय रुपैयामा र पाथिभरा दर्शनका लागि ४० हजार रुपैयाको प्याकेज रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । हात्ति बाहेक अरु सवै कुराको व्यवस्था भइसकेको र आइतबार सम्ममा हात्तिको पनि व्यवस्था मिलाई सकिने भएको छ ।

दमक उद्योग बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग बाणिज्य संघ दमकको आयोजना यही पौष २७ देखि माघ ८ सम्म महोत्सव हुन लागेको हो । दमक नगरपालिका संरक्षक रहेको महोत्सवमा १ सय ५२ वटा विभिन्न स्टलहरु रहने आयोजकले जनाएको छ ।

Comments