• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
बिजनेस
एनसेल मेला २०७४ बिराटनगरमा सुरु
प्रकाशित मिति: शनिबार, पौष १५, २०७४

बिराटनगर । एनसेलले द्रुत गतिको फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ आज बिराटनगरमा सुरु भएको छ । बिहान ११ बजेबाट विविध मनोरञ्जनात्मक कार्यक्रमहरुको अयोजना गरिएको छ ।

मेलामा सहभागिहुने दर्शकहरुकालागि विविध सांगीतिक कार्यक्रम हरुको समेत अयोजना गरिएको छ । मेलामा कलाकारहरु शिव परियार, आशिष राना (लाउरे), सांगीतिक समूहहरुमा कबवेभ र द एज व्याण्डले आफ्नो प्रस्तुतिहरु प्रदान गर्नेछन् ।

रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनर अप अनिमेश शाहीको पनि मेलामा सहभागिता रहनेछ । साझ साढे ६ बजे सम्म सञ्चालन हुने मेलामा प्रवेश निःशुल्क गरिएको छ । त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । 

Comments