• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
खेलकुद
धनकुटामा पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने
प्रकाशित मिति: बिहीबार, पौष १३, २०७४

धनकुटा १३ पुस । राखेप च्याम्पीयसिप अन्तरगत माघ पहिलो साता धनकुटामा पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । 

माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको राष्ट्रिय तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा १ सय ७० खेलाडी, १५ प्रशिक्षक तथा २५ रेफ्री सहभागी हुनेछन् । प्रतियोतिा स्थानिय कबर्डहलमा हुने छ । प्रतियोगिताका लागि करिब ११ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।


 

Comments