• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
अन्तर्राष्ट्रिय
माओ सेतुङको १ सय २५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै
प्रकाशित मिति: मंगलबार, पौष ११, २०७४

 चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक माओ सेतुङको १ सय २५ औँ जन्मजयन्ती  आज  विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ ।

नेकपा माओवादी केन्द्र लगायतका माओवादी पार्टीहरुले देशभर विभिन्न कार्यक्रम गरेर माओ जयन्ती मनाउँदैछन् । माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा कार्यक्रम गर्दै छ । १८९३ डिसेम्बर २६ मा जन्मेका माओले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएहो हो ।

उहाँ चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्घ र मुक्ति युद्घका नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले विश्वमै क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवाद मुख्य अवरोध बनेको दाबी गरेको छ ।

माओको १२५ औँ जन्मजयन्तीका अवशरमा विज्ञप्ति निकालेर क्रान्तिकारी माओवादीले नेपालमा नयाँ जनवादी क्रान्ति र विश्वमा सर्वहारा समाजवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिएको  छ । साम्यवादको उद्देश्य प्राप्तिका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथ प्रदर्शनमा नयाँ जनवादी क्रान्ति गर्नुपर्ने वैद्यको विज्ञप्तिमा उल्लेख छ ।

Comments