• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
अन्तर्राष्ट्रिय
फिलिपिन्सको सपिङ महलमा आगलागी हुँदा २५ भन्दा बढीको मृत्यू
प्रकाशित मिति: आइतबार, पौष ९, २०७४

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ महलमा आगलागी हुँदा २५ भन्दा धेरैको मृत्यु भएको आशंका गरिएको छ । राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा आगलागी भएको हो ।

सपिङ महलको चौथो तलामा रहेको कल सेन्टरमा रहेका धेरै कर्मचारीको मृत्यु भएको हुनसक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कलसेन्टरमा फसेका कर्मचारीको जीवित रहने सम्भावना शून्य रहेको सरकारी अधिकारीले बताएका छन् ।

सपिङ मलभित्र फसेकाहरुको खोजी र उद्दार भइरहेको अधिकारीहरुले जनाएका छन् । यसैबीच राष्ट्रपति रोड्रिगो ड्युटर्टले फसेका व्यक्तिका परिवाससँग भेट गरेका छन् । आगलागीको कारण थाहा भएको छैन ।  

Comments