• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत
  • असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिसत मात्र रोपाइ
  • सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट फिर्ता नहुने स्पष्ट
  • डाक्टर गोविन्द केसीको मागप्रति ऐकवद्धता जनाउदै चिकित्सकद्वारा देशभरकै अस्पतालमा सेवा ठप्प
  • गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्के
अन्तर्राष्ट्रिय
कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने राष्ट्र संघको निर्णय
प्रकाशित मिति: शनिबार, पौष ८, २०७४

एजेन्सी । संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्र सहमत भएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । पछिल्लो समय गरेको ब्यालेस्टिक मिसाइल परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघले उत्तर कोरिया माथिको प्रतिबन्ध थप कडा बनाउने भएको हो ।

नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलियम पदार्थको आयात कम गरिने छ । पेट्रोलको आयात ९० प्रतिशत भन्दा बढीले घटाउने पारित प्रस्तावमा उल्लेख छ । उत्तर कोरियाको प्रमुख व्यावसायिक साझेदारको रुपमा रहँदै आएका चीन तथा रुसले पनि प्रस्तावको पक्षमा मत दिएका छन् ।

ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण उत्तर कोरियामाथि यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियन (ईयु) ले प्रतिबन्ध लगाउँदै आएका थिए ।

राष्ट्रसंघले लगाउने नयाँ प्रतिबन्धले उत्तर कोरिया समस्यामा पर्ने र उसले परमाणु कार्यक्रम रोक्ने अपेक्षा गरिएको छ । नयाँ प्रतिबन्ध अनुसार तेल तथा पेट्रोलको आयात कम गर्नुका साथै विदेशमा कार्यरत उत्तर कोरियाका कामदारलाई आउँदो दुई वर्ष भित्र स्वदेश फिर्ता पठाउने तथा उत्तर कोरियाली सामानको निर्यात पनि रोक्ने उल्लेख छ । 
 

Comments