• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
स्वास्थ्य
लाईफलाइनमा मृत्यू प्रकरण: यस्तो भयो सहमती
प्रकाशित मिति: शुक्रबार, पौष ७, २०७४

दमक ७ पुस । झापाको दमक स्थित लाईफलाइन अस्पतालमा हिजो भएको घटना निष्कर्षमा पुगेको छ ।

फाकतेप पाँच पाँचथरकी २८ वर्षीष निर्माला फियाककको लाइफ लाईन अस्पतालका चिकित्सकको लापर्वाहिका कारण मृत्यू भएपछि अस्पताल प्रशाषन र पीडीत पक्ष बिच सहमती भएपछि निष्कर्षमा पुगेको हो ।

हिजो साँझ नै अस्पतालमा प्रारम्भिक चरणको छलफल भएको थियो तर पीडीत र अस्पताल पक्षबिच कुरा नमिलेपछि इलाका प्रहरी कार्यालयमा छलफल गरिएको थियो ।  छलफलमा अस्पताल प्रशाषनले मृतकको परिवारलाई पाँचलाख रुपैया दिने सहमती भएपछि वार्ताले पूर्णता पाएको हो ।

वार्तामा मृतकका दुई सन्तानमद्ये कुनै एक जनालाइ लाफइलाईनमा पढाई हुने जुनसुकै बिषय निशुल्क पढाइदिने र दुवै जनालाई आजिवन निशुल्क स्वाथ्य सेवा दिने सहमती समेत भएको जनाइएको छ ।

गत माघ २ गते प्रसुती गराउन ल्याएको बिरामीको सफल सल्यक्रिया भएपनि किट्नीमा समस्या देखीएपछि अस्पतालले दोस्रोपटक समेत सल्यक्रिया गरेरको हुँदा बिरामीको मृत्यू भएको अस्पताललाई आरोप लगाएको थियो ।

Comments