• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
खेलकुद
चौथो अन्तराष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको उपाधि बिर्तामोड भेट्रान क्लबलाई
प्रकाशित मिति: बुधबार, पौष ५, २०७४

दमक ५ पौस । झापाको कमल गाँउपालिका ५ स्थित गुहेश्वरी खेल मैदानमा सम्पन्न चौथो अन्तराष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको उपाधिको बिर्तामोड भेट्रान क्लबले जितेको छ । 

बिर्तामोड भेट्रान क्लब र पूर्वाञ्चल भेट्रान क्लबका बिच आज सम्पन्न फाईनल खेलमा बिर्तामोडले १—० गोल अन्तरले जित आफनो पक्षमा पारेको हो ।

तस्बिर : भुमिराज पराजुली

उपाधि जिते संगै बिर्तामोड भेट्रान क्लबले नगद १ लाख एक हजार १० सहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि उपबिजेतामा चित्त बुझाएको पूर्वाञ्चल भेट्रान क्लबले ४० हजार ४ सय ४ रुपैया नगद सहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता तथा उपविजेता टिमलाई अखिल नेपाल फूटबल संघ – एन्फाका सदस्य बसन्त अर्यालले पुरस्कार वितरण गर्नुभएको थियो ।

यसैगरि आज सम्पन्न खेलको म्यान अफ दी म्याचको उपाधि विर्तामोड भेट्रानका जर्सि नम्बर ९ का तोयाराम भुजेलले प्राप्त गरेका छन् । उत्कृष्ट गोलकर्तापनि बिर्तामोड कै मोहन गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा ५ गोल गर्दैै पूर्वाञ्चल भेट्रानका सुमन श्रेष्ठ धोषित भए ।

Comments