• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
स्वास्थ्य
भरतपुरलाई सरसफाईयुक्त सहर बनाउने अभियान सुरु
प्रकाशित मिति: मंगलबार, पौष ४, २०७४

भरतपुर । भरतपुर महानगरपालिकालाई सरसफाईयुक्त सहर बनाउने अभियान सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा राजमार्ग छेउछाउका फोहोर संकलन गर्दै महानगरपालिकालाई सरसफाईयुक्त सहर बनाउन सुरु गरिएको हो । 

भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने पूर्वपश्चिम राजमार्गको गोन्द्रङबाट महानगरपालिकाले वृहत सरसफाई कार्यक्रमको सञ्चालन गरेको छ ।

महानगरपालिकालाई सफा र हरियाली सहरको रुपमा विकास गर्नका लागि जनतालाई आफ्नो घरबाटै सरसफाई गर्नुपर्ने चेतना गराउन पनि राजमार्गबाट सरसफाई सुरु गरिएको हो । 
बाइट, रेणू दाहाल, प्रमुख, भरतपुर महानगरपालिका

सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले आफू सवार साधनबाट नै राजमार्गका छेउछाउमा फोहोर फाल्ने गरेका छन् । सरसफाई अभियानमा सबैले साथ दिँदै फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने अभियान्ताहरु बताउँछन् । 

आफ्नो घर वरिपरी सफा गर्दै व्यक्तिको कारण निस्कने फोहोरलाई आफैले व्यवस्थापन गर्नुपर्छ । आफ्नो घरछेउमा थुप्रिएको फोहोर आफैले सफा गर्दै सुन्दर, सफा र हराभरा सहर निर्माण गर्न सबै नगरबासीले साथ दिन सकेमा सफा र हरियाली सहरको परिकल्पना साकार पार्न सकिन्छ । 

Comments