• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
स्वास्थ्य
झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
शिशिर चम्लागाँई प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४

मंसिर २७, झापा । झापाको विर्तामोड स्थित वि एण्ड सि टिचिङ्ग अस्पताल अन्तरगत  पूर्वाञ्चल क्यान्सर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु भएको छ । आज वि एण्ड सि अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी भवन निर्माण कार्यको प्रारम्भ गरेको हो ।

करिव २ अरब ५० करोडको लागानीमा अस्पतालको भवन निमार्ण सम्पन्न हुने र ६ महिना पछि क्यान्सरका विरामीले विर्तामोडमै उपचार गर्न पाउने बताईएको छ । पूर्वमा क्यान्सर अस्पताल नभएको कारण धेरैले अकालमै जीवन गुमाउनु परेको र उपचारका लागि भारतको विभिन्न अस्पतालमा महंगो उपचार गर्नु पर्ने तथा नेपालमा पनि चितवन तथा काठमाण्डौ जानु पर्ने समस्याको अन्त्य गर्न सुदुर झापामा अस्पताल बनाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बाताउनु भयो ।

७० देखि ८० प्रतिशत क्यान्सरहरुमा रेडिएसन चाहिने र अस्पतालमा ल्याईने मेशिनले फोकस रेडिएसन दिने भएकाले पुराने मेशिनले जस्तो साईट इफेक्ट नगर्ने क्यान्सर रोड विशेषज्ञ डा.विरेन्द्र यादवले बताउनु भयो ।

उहाँले क्यान्सर क्रोनिक डिजिज भएकोले क्यान्सर लागेपछि मानिसको मृत्यू भईहाल्छ भन्ने पुरानो मान्यतामा नरहन सबैलाई अग्रह गर्दै अस्पतालमा ल्याईने मेशिन नेपालमै पहिलो र अत्याधुनिक रहेकोले ढुक्क भएर उपचार गर्न सकिने बताउनु भयो । 

Comments