• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
राष्ट्रिय
संखुवासभाको मतगणना सुरु
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४

 मंसिर २१  मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ  पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनकालागि ३१ लाख ९१ हजार ९४५ मतदाता थिए । पहिलो चरणमा निर्वाचन भएको संखुवासभामा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत प्रकास राउतले संखुवासभा जिल्लामा मतगणना सुरु भएको बताउनु भएकोे हो ।

मतगणनाकालागि आज सर्व दलिय बैठक बसेको थियो । राउतले निर्वाचन आयोगद्वारा निर्देशित नियमावली, ऐन तथा निर्देशिकामा उल्लेख गरिएका ब्यवस्थाकावारेमा दलहरुलाई जानकारी गराउनु भएको छ ।  प्रदेशसभा र प्रतिनिधिसभाको ३ स्थानमा छुटा टुटै गणना गरीदै छ ।

 मतको सुरक्षाकालागी  कर्मचारी तारजाली भित्र र दलका प्रतिनिधि तारजाली बाहिर बस्ने ब्यवस्था प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनु भयो । मतपेटीका राखीएको स्थानमा  चारै तिर सिलबन्दि गरिएको र त्यसबाहेक सिसि क्यामरा  र ससस्त्र प्रहरी,  जनपथ प्रहरी र सेनाले कडा सुरक्षाकासाथ मतपेटीका राखीएको स्थान घेरीएकोे छ ।

पहिलो चरण मंसिर १० गते सम्पन्न संखुवासभामा जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभाकालागी ६९ हजार १ सय जनाले मतदान गरेका थिए । मतगणनाका लागि संखुवासभाको खाँदबारीमा तयार गरिएको कोठामा तारजाली लगाईएको छ ।  

Comments