• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
राष्ट्रिय
सुनसरीमा शान्तिपूर्ण ढंगबाट निर्वाचन
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४

 सुनसरी २१ मंसिर । सुनसरीमा शान्तिपूर्ण ढंगबाट निर्वाचन  भईरहेको छ ।  जिल्लामा पछिल्लो तथ्यांक अनुसार ३५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।

अहिले सम्मको खसेको मतका आधारमा यति मत खसेको अधिकृत ढकालले जानकारी दिनुभयो । यता,सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेद्वार विजयकुमार गच्छदारले दुहवीको भलुवा स्थित श्री नविनशिक्षा निकेतन निमावि केन्द्रबाट मतदान गर्नु भएको छ ।

मतदान गरेपछि उहाले संविधानको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । संविधान कार्यान्वयनको अन्तिम खुड्कीलो पार भएको उहाँले बताउनुभयो । नेपालीहरुको सपना कार्यान्वयन भएको दिनको रुपमा रहेको नेता गच्छदारले बताउनुभयो ।

जिल्लामा निर्वाचन विथोल्ने गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । नेपाली सेनाले विभिन्न ठाउँमा गस्ति पनि बढाएको छ । 

Comments