• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाका विभिन्न राज्यमा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित
  • नेपाली कांग्रेसको महासमिति वैठक आगामी २९ गते शनिबारदेखि हुने, सम्पूर्ण तयारी पुरा
  • झापाको दमकमा सवारी दुर्घटना, २ जनाको मृत्यु, मृतक दुबै एकै परिवारका
  • प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना, स्वास्थ्यमा आकस्मिक समस्या
  • २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
राष्ट्रिय
अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४

काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ । 

आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ । 

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।

पहाडी तथा तराई–मधेशका ४५ जिल्लामा भइरहेको दोस्रो चरणको निर्वाचनमा कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार छ । 

Comments