• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
राष्ट्रिय
कञ्चनपुरमा निर्वाचनको तयारी पुरा
डिल्लीराज पन्त प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४

कञ्चनपुर,२०  मंसिर । दोस्रो चरण अन्र्तरगत भोली अर्थात बिहीबार प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको लागी हुने निर्वाचन का लागी कञ्चनपुरमा समेत सम्पुर्ण तयारी पुरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले तीनै क्षेत्रमा निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।  निर्वाचन आउँन १ दिन मात्रै बाँकी रहदा कञ्चनपुरका सबै मतदान स्थलमा कर्मचारी र सुरक्षकर्मि पुगिसकेका छन् । 

मंगलबारदेखि परिचय पत्र वितरणको काम समेत भईरहेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशब सिह भण्डारीले नयाँ र छुटपुटलाई परिचय पत्र वितरण भईरहेको बताए । उनका अनुसार हरेक निर्वाचन स्थलमा घेरबार गरिएको छ । १३२ निर्वाचन स्थलका ३२० मतदान केन्द्रमा २ हजार ५६० कर्मचारी खटिसकेका छन् । भने सबै निर्वाचन केन्द्रमा १ हजार २सय ८० स्वमसेवक समेत खटिएका छन् । 

कञ्चनपुरका विभिन्न मतदान स्थलमा मतदान निर्माण कार्य तिव्र रुपमा भईरहेको छ । महिला पुरुषका लागि छुट्टा छुट्टै लाईनको व्यवस्था गरिएको छ । 

त्यस्तै निर्वाचनका लागि स्थानीय प्रशासनले कञ्चनपुरमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन २५ सय वढि सुरक्षाकर्मि परिचालित गरएिका छ। निर्वाचनलाई मध्य नजर गर्दै कञ्चनपुर प्रहरी र सबै सुरक्षा निकायको समन्वयमा जिल्लाको उच्च सुरक्षा व्यवस्था कडा पारिएको र मतदान स्थल लगायत मतदाताको सुरक्षाका लागि समेत प्रहरीले मोवाईल टोली मार्फत सुरक्षा प्रदान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटि ले बताउनु भयो ।

एता निर्वाचनलाई मध्यनजर गरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलले संयुक्त गस्ती गरेका छन् । गाउँ गाउँमा प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनाले गस्ती समेत गरिरहेका छन् । संस्कास्पद बस्तु, व्यक्ति तथा समुहको खानतलासी बढाएको बढाईएको छ  ।  ३ प्रतिनिधी र ६ प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरका विभिन्न दल, स्वतन्त्र गरि ६४ जनाले ले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

Comments