• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
मोफसल समाचार
संखुवासभामा खुकुरी प्रहारबाट गुरुङ दम्पती घाइते
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ६ का गुरुङ दम्पती खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। ।

पाँचखपन ६ का सूर्यबहादुर गुरुङ र फूलमाया गुरुङलाई स्थानीय दिनेश राईले खुकुरी प्रहार गर्दा उनिहरु शख्त घाइते भएका छन । राईले आफु कांग्रेस कार्यकर्ता भएको र गुरुङ दम्पतीले एमालेलाई नदिएको निहुँमा आक्रमण भएको आरोप लागेको छ । एमालेका जिल्ला सचिव खड्ग राईले पछिल्ला दिनमा आफ्ना कार्यकर्तामाथि निरन्तर आक्रमण भइरहेको प्रति आपत्ति जनाउनु भएको छ ।

यता कांग्रेसले भने राई आफ्नो कार्यकर्ता नभएको जिकिर गरेको छ । कांग्रेसका महासमिति सदस्य मुक्तिसिंह राईले घटनामा संलग्न व्यक्ति आफूहरुको कार्यकर्ता नरहेको भन्दै घटनामा कांग्रेसको कुनै संलग्नता नरहेको बताउनु भयो ।

घाइतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । उनीहरुको घाँटी र ढाडमा चोट रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । 

Comments