• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
राष्ट्रिय
प्रत्यक्ष तर्फको ४ दिनभित्र र समानुपातिक तर्फको ८ दिनभित्र मतपरिणाम सार्वजनिक हुने
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४

काठमाण्डौ  निर्वाचन आयोगले प्रत्यक्ष तर्फको ४ दिनभित्र र समानुपातिक तर्फको ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने घोषणा गरेको छ । 

आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दे यसअघि भएको स्थानीय निर्वाचन र अहिलेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन फरक भएकाले छिटै मतपरिणाम सार्वजनिक हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका आयुक्त ईश्वरी न्यौपानेले प्रत्यक्षतर्फ पहिला मत गणना हुने र सम्भव भएमात्र समानुपातिक मत गणनासँगै  गर्ने तयारीमा आयोग रहेको बताउनुभयो । प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष गणना गर्ने र त्यसपछि मात्र समानुपातिकको गणना गर्ने पक्षमा  आयोग रहेको भन्दै आयुक्त न्यौपानेले २१ गते ५ बजेपछि पहिलो चरणमा भएको मतदानको गणना सुरू गरिने जानकारी दिनुभयो ।

दोस्रो चरणको मत गणना भने मतपेटिकाहरु जिल्ला निर्वाचन कार्यलयमा संकलन भएपछि सर्वदलीय बैठक राखेर सुरु गरिने उहाले बताउनुभयो ।  उहाले मत गणनालाई छिटो गर्न आवश्यक कर्मचारीको व्यवस्था मिलाएको र एक साताभित्र सबै जिल्लाको परिणाम आउने दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा उहाले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जानारी दिनुभयो । दोश्रो चरणको निर्वाचनका लागी सबै निर्वाचन क्षेत्रमा निर्वाचनका सामाग्री पुगेकको निर्वाचन आयोगले जनाएको छ ।

Comments