• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
मोफसल समाचार
दमकको ढुकुरपानीमा फेला परेको बम नेपाली सेनाद्धारा निष्कृय
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४

दमक २० मंसिर । झापाको दमक ३ स्थित ढुकुरपानी माद्यमीक बिद्यालय अगाडि फेला परेको बम नेपाली सेनाले निष्कृय पारेको छ ।

बिहान ४ बजे फेला परेको उक्त बम कमल स्थित तोपगाछिमा रहेको २१ नम्वर बाहिनीवाट बम डिस्पोजल टोली आएर निष्कृय पारेको क्याप्टेन पुर बहादुर घलेले जानकारी दिनुभयो ।

ढुकुरपानीमा भेटिएको बम क्यान बम रहेको र  उक्त बमलाई इलोक्ट्रोनिक सर्किट र दुईवटा डेटुनेटरलाई छुवाएर डिस्पोज गरिएको सेनाले जनाएको छ ।

त्यसै गरि हिमालय माद्यमीक बिद्यालयमा र सरस्वती माद्यमीक बिद्यालय मतदान केन्द्रको छेउमा भने होक्स ( संकास्पद बस्तु) मात्र रहेको क्याप्टेन घलेले जानकारी दिनु भयो

। चुनाव अघि यसरी मतदान केन्द्रमै बम र संस्पाद बस्तु भेटिएपछि प्रहरीले सुरक्षा व्यवस्थालाई झन बजबुत बनाउने इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गीरिले जानकारी गराउनु भएको छ ।

 

Comments