• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
राष्ट्रिय
समाचार प्रभाव : चिसाङ पुलमुनि कष्टकर जिवन बिताईरहेका आमाछोरीको उद्धार
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४

मोरङ् १९ मंसिर  केहि दिन अघिमात्र हिमशिखर टेलिभिजनले मोरङको कानेपोखरीस्थित चिसाङ पुलमुनि कष्टकर जिवन बिताईरहेका आमाछोरीको विषयमा समाचार प्रसारण  सरोकारवालाको ध्यान तानिएको छ ।


ओरेक नेपाल विराटनगरले मोरङको कानेपोखरीस्थित चिसाङ पुलमुनि कष्टकर जिवन बिताई रहेका आमा छोरीको उद्दार गरेको छ । मोरङको सुन्दरहरैचा की ५६ वर्षीया कुस्मी उराव र उहाँकी सुस्त मनस्थितिकी छोरी दयावतीले २०४५ साल देखि  चिसाङ पुलमुनिको कष्टकर जिवन विताईरहेका थिए ।

रेबिज रोगबाट कुश्मिका पतिको २०४५ सालमा मृत्यु भएको थियो । सुकुम्बासी जीवन विताई रहेका कुश्मिका पतिको मृत्यु संगै समाजिकरुपमा समेत अपहेलित बनेपछि बेसाहारा बनेका आमा छोरीले पुलमुनीको बाँस रोजेका थिए । कुश्मिको कष्टदायि जिवनका बारेमा समाचार प्रसारण भएपछि सरोकारवालाको ध्यान तानिएको हो ।

उनिहरुको दुखको बारेमा हिमशिखर टेलिभिजनले समाचार प्रसारण गरेको थियो । कानेपोखरी गाँउ पालिकाले जग्गा उपलब्ध गराई दिने भएपछि ओरेक नेपाल विराटनगरले कुश्मि आमा छोरीलाई घर बनाईदिने भएको छ ।

अर्काको जमिन अधियाँ गरेर जिवन चलाई रहेका उनिहरुको एउटैमात्र साहारा पतीको मृत्यु पछी उनिहरु १० औ बर्ष देखी पुल मु्नी बस्दै आएका थिए ।

पतिको मृत्युपछि केहि समय मागेर आफ्नो र छोरीको पेट भर्नुभयो कुस्मीले ।  जंगलबाट टिपेका निगुरो र सालका पात बिक्री गरेर ओढ्ने र ओछ्याउने व्यवस्था गर्नुभएको  थियो । अहिले ओरेक नेपालले उद्धार गरेपछि आमा छोरी हर्षीत छन् । 

Comments