• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
खेलकुद
मंसिरको अन्तिम साता सुनसरी जिल्ला स्तरीय भलिवल प्रतियोगिता
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४

सुनसरी १९ मंसिर । मंसिरको अन्तिम सातामा सुनसरी जिल्ला स्तरीय युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालय छात्र तथा छात्रा भलिवल प्रतियोगिता हुने भएको छ ।

आयोजक युनाइटेड गोर्खा एकाडेमीले आज धरानमा पत्रकार सम्मेलन गरी मंसिर २६ देखि २९ सम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

भलिवल खेलको लोकप्रियता हराउदै गएको प्रति चिन्तित बन्दै विद्यालय स्तरदेखि नै भलिबल खेलको विकासका लागि २०७० सालदेखि निरन्तर आयोजना गर्दै आइरहेको प्रतियोगिताको पाचौ संस्कृरण समेत भव्यताका साथ सम्पन्न गर्न लागिएको विद्यालयका प्रधानाध्यापक पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

अध्ययनसगै अतिरिक्त क्रियाकलाप आवश्यक रहेकोले विद्यार्थीहरुको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्ततता लागि पनि यो प्रतियोगिता आयोजना गर्दै आएको उहाको भनाई  छ । न्यून बजेटमै सुनसरीका संस्थागत विद्यालयहरुलाई समेट्दै आयोजना गर्दै आइरहेको शेर्पाले बताउनुभयो ।

भविष्यमा भलिवल एकाडेमी स्थापना गरी निरन्तर रुपमा भलिबल खेलको प्रशिक्षण गराउने समेत उहाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सुनसरीभरिका  छात्र तथा छात्राको १८/१८ वटा टिमले भाग लिने प्रतियोगिताको संयोजक नरेश राईले जानकारी दिनुभयो । प्रतियोगितामा दुवै समूहको विजेता टिमले १५ हजार, द्धितिय हुनेले १२ हजार र तृतीय हुने टिमले १० हजार नगर सहित ट्रफी, प्रमाणपत्र हात पार्ने छन् ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट सर्भिस, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्पाइक, उत्कृष्ट ब्लक, उत्कृष्ट लिफ्टर र उत्कृष्ट खेलाडीलाई नगद १२÷१२ हजार प्रदान गरिने संयोजक राईले बताउनुभयो । 

Comments