• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
राष्ट्रिय
निर्धक्क भएर मतदान गर्नुहोस : प्रमुख आयुक्त यादव
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४

काठमाण्डौ १९ मंसिर प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले बिहीबार ४५ वटा जिल्लामा हुने हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ । 
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको हो ।

उहाले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताउनुभयो ।  यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिदै मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको बताउनुभयो ।

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले बताउनुभयो ।  प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउनेगरि आयोगले निर्देशन दिएको पनि उहाले बताउनुभयो ।

त्यस्तै यादवले मतदाता शिक्षालाई समेत प्रभावकारी रुपमा अघि बढाईएको विश्वास दिलाउदै मत वदर संख्या निकै कम हुने बताउनुभयो । 

Comments