• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
राष्ट्रिय
आज र भोली मतदाता परिचयपत्र वितरण
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४

काठमाण्डौ १९ मंसिर । दोस्रो चरणको चुनावका लागि निर्वाचन आयोगले आज र भोली मतदाता परिचयपत्र वितरण गर्दैछ ।

आयोगले बिहीबार हुने चुनावमा ४५ जिल्लाका झण्डै २२ लाख मतदातालाई परिचयपत्र वितरण गर्ने जनाएको छ । स्थानीय चुनावपछि थपिएका मतदाताको मात्र परिचय पत्र बनाइएको भन्दै आयोगले थपिएका र पहिला परिचय पत्र नलिएका मतदातालाई परिचय पत्र बुझ्न आग्रह गरेको छ ।

स्थानीय चुनावमा परिचय पत्र पाएकाहरुले त्यहि परिचय पत्र देखाएर भोट हाल्नु पर्ने छ । परिचयपत्र वितरण संगै मतदातालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

मतदाताहरुले सम्बन्धित मतदान केन्द्र पुगेर परिचय पत्र लिन सक्ने छन् । परिचयपत्रसंगै मतदान गर्ने तरिका सिकाइने हुदा सकेसम्म सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र लिन मतदान केन्द्र पुग्न आयोगले आग्रह गरेको छ । कुनै कारणवश व्यक्ति आफै परिचयपत्र लिन नपुगे परिवारका सदस्यले पनि लिन पाउनेछन् ।

यस्तै मतदाता नामावलीमा नाम भएका र मतदान गर्न योग्य व्यक्तिले मतदाता परिचय पत्र हराएको भए, परिचय खुल्ने सरकारी कागजात जस्तै लाईसेन्स, नागरिकता देखाएर पनि भोट हाल्न पाउनेछन् । प्रवक्ता ढकालका अनुसार सबै आज नै राजनीतिक दलहरुको समन्वयमा मतदान केन्द्र निर्माणको काम पनि थालिने छ ।

यस्तै आयोगले सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगेका जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हु“दैछ ।

Comments