• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
मोफसल समाचार
झापा दमकका क्यान्सर पीडित कार्कीलाई बिभिन्न संस्थाहरुको आर्थिक सहयोग
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४

दमक १७ मंसिर । झापा दमक २ डाकीनीका क्यान्सर पीडित ज्ञानेन्द्र बहादुर कार्कीलाई आज बिभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग प्रदान गरेका छन ।

पीडित कार्कीलाई ५० हजार १ सय ८० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । कार्कीलाई परिवर्तनका लागी युवाले २० हजार ८ सय ५, मोरङ सुन्दर हरैचाको लुरे vs लुरी संगठनले ६ हजार २ सय ७५ र दमककै साना सहयोगी समुहले २३ हजार १ सय रुपैया सहयोग गरेको हो ।

कार्की  बिगत लामो समय देखि क्यान्सर रोगले थलिएका  छन । आर्थिक अवस्था कामजोर भएका कार्कीको थप उपचारका लागि आर्थिक अभाब हुदा समस्य भएको थियो । सामाजिक संजाल मार्फत कार्की बचाउ अभियान संचालन गरे पछि सो आर्थिक सहयोग उपल्ब्ध भएको  अभियान कर्ता बिष्णु भट्ठराईले जानकारी दिनु भयो ।

 

Comments