• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाका विभिन्न राज्यमा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित
  • नेपाली कांग्रेसको महासमिति वैठक आगामी २९ गते शनिबारदेखि हुने, सम्पूर्ण तयारी पुरा
  • झापाको दमकमा सवारी दुर्घटना, २ जनाको मृत्यु, मृतक दुबै एकै परिवारका
  • प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना, स्वास्थ्यमा आकस्मिक समस्या
  • २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
राष्ट्रिय
अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौली पर्वका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४

काठमाण्डौ १७ मसिंर । राष्ट्रपति विद्यादेवी भण्डारीले २६ औं अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौली पर्वका अवसरमा बेग्लाबेग्लै शुभकामना सन्देश दिनु भएको छ ।

राष्ट्रपती भण्डारीलेलनेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका लागि क्रमिकरुपमा विभिन्न काम भइरहेको बताउनु भएको छ ।

उहाले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउँदै लैजानु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गर्नु भएको छ ।

संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लिखित अधिकार कार्यान्वयनका लागि नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी रहेको राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

त्यसैगरी, उधौली पर्वको उपलक्ष्यमा शुभकामना दिँदै उहाले उधौलीजस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भयो । 

Comments