• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाका विभिन्न राज्यमा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित
  • नेपाली कांग्रेसको महासमिति वैठक आगामी २९ गते शनिबारदेखि हुने, सम्पूर्ण तयारी पुरा
  • झापाको दमकमा सवारी दुर्घटना, २ जनाको मृत्यु, मृतक दुबै एकै परिवारका
  • प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना, स्वास्थ्यमा आकस्मिक समस्या
  • २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
खेलकुद
खेलकुदको बिकास भए मात्र समग्र देशको बिकास सम्भब : पुर्बप्रधानमन्त्री ओली
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४

दमक  १३ मंसिर । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको बिकास भए मात्र समग्र देशको बिकास गर्न सजिलो हुने बताउनु भएको छ ।
 

आज झापाको दमकमा आयोजीत प्रदेश नं १ का खेलाडिहरुको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । खेल जगतको बिकास भए देश नै स्वस्थ हुने र हरेक क्षेत्रको बिकास गर्न सजिलो हुने ओलीके भनाइ थियो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले राष्ट्रले प्रोत्साहनको कुनै निती तथा कार्यक्रम नल्याएपनि खेलजगतले अहिले सम्म बिभिन्न अन्तराष्ट्रिय  पदकहरु ल्याउन सफल भएको बताउनु भयो । यदि सरकारले खेलाडीको उच्च सम्मान र खेल खेल्ने अनुकुल वातावरण बनाईदिए नेपाललाई सगरमाथाको देश मात्र हैन खेलाडिको देश भनेर समेत चिनाउन सकिने सदस्य सचिव बिष्टले खेलाडि चुनावी सभामा बताउनु भयो ।

त्यसै गरि एमाले अध्यक्ष ओलीले आजै दमकमा जारि महिला हिंसा बिरुद्धको १६ दिने अभियानको समेत सम्बोधन गर्नु भएको छ । महिलालाई निती निर्माता र नेतृत्व तहमा पुर्याउन एमाले र समग्र बामपन्थी पार्टि मात्र अग्रस्थानमा रहेको उल्लेख गर्नु भयो । 

आसन्न दोस्रो चरणको प्रदेश र प्रतिनिधी सभाका लागि झापा क्षेत्र नम्वर ५ वाट प्रतिनिधी सभाका लागि उम्मेद्वार समेत रहनु भएका अध्यक्ष ओली चुनावी प्रचारका लागि आगामी मंसिर १६ गते सम्म झापामा रहने कार्यक्रम रहेको छ । 

Comments