• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
स्वास्थ्य
पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारले स्वास्थ्य सेवा लिए
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४

बिर्तामोड, ९ मंसिर  झापाको बिर्तामोडमा गत मंसिर २ गतेबाट शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । 

बिएण्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्षणबाट गरिएको थियो । 

मंसिर ८ गतेसम्म सञ्चालन रहेको महोत्सवमा १६ हजार ८३२ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताउनुभयो । 

महोत्सव अवधिभरमा ३२१ जनाले शल्यक्रिया सेवा, १५ हजार ७३२ जनाले प्रयोगशाला परीक्षण सेवा लिएको आज अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । 

महोत्सव सम्पन्न गर्न करिब करोड रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य महोत्सवमा नेपालका विभिन्नस्थान भारतबाट पनि सेवाग्राही स्वास्थ्य जाँच गर्न आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो । 

Comments