• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
खेलकुद
दमक रन दोस्रो मिनी म्याराथन सम्पन्न,दुर्गाबहादुर बुढा र विश्वरुपा बुढा बिजयी (भिडियो रिपोर्ट )
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४

दमक ९ मंसिर । झापाको दमकमा रहेको दमक रनले आयोजना गरेको दोस्रो दमक रन मिनी म्याराथनको उपाधी पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले जितेका छन् । आज बिहान सम्पन्न दौडमा पुरुषतर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय हुनुभयो । 

१५ किलोमीटर दूरी उनीहरुले क्रमशः ४४ मिनेट ०३ सेकेण्ड, ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा पार गरे । महिलातर्फ विश्वरुपाले ५३ मिनेट ०३ सेकेण्ड, द्वितीय भएकी सशस्त्र प्रहरीकी कान्छिमाया कोजुले ५३ मिनेट ०५ सेकेण्ड र तृतीय भएकी आर्मीकै सुनमाया बुढाले ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे ।

स्वास्थ्य नगर बनाउने सोचका साथ हरेक वर्ष दमक रनले यस्तो कार्यक्रम गर्ने गरेको दमक रनका कार्यवाहक अध्यक्ष तथा म्याराथुन संयोजक दिवस राईले जानकारी दिनुभएको छ । 



दौडमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया“ प्राप्त गरे । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ४० हजार, २५ हजार र १५ हजार रुपैया“ प्राप्त गरे ।

दमक रनले विभिन्न उमेर समूह अनुसार दौडको आयोजना गरेको थियो । ७ देखि १२ बर्ष उमेर समूहतर्फ रोदन राई र लक्ष्मी भुजेल प्रथम, प्रसन राई र सम्झना राई द्वितीय तथा अनिश खड्का र दीया श्रेष्ठ तृतीय भए । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । यो उमेर समूहका धावकहरुले ५ किलोमीटर दौडिएका थिए ।

१३ देखि १६ बर्ष उमेर समूहका धावकहरुले पनि १५ किलोमीटर दौडिएका थिए । सो विधातर्फ सुनिल थापा र हुमी बुढामगर प्रथम, लक्ष्मण अधिकारी र मञ्जु राई द्वितीय तथा नन्दू राई र सिर्जना तृतीय भए । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैया“ पुरस्कार जिते ।

३५ देखि ४५ बर्ष उमेर समूहको भेट्रानतर्फ पुरुष मात्र सहभागी भए । उक्त विधामा धर्म महर्जन प्रथम, दामोदर बुढामगर द्वितीय र श्याम राई तृतीय भए । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार पाए ।

४६ बर्षमाथिको सुपर भेट्रानमा निर्मल राई र रिता राई प्रथम, पूर्व राष्ट्रिय धावक बुद्धबीर लामा र मनमाया लिम्बू द्वितीय तथा मोहन कुमार सुब्बा र रिता लिम्बू तृतीय भए । उनीहरुले पनि समान क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ प्राप्त गरे । 

 


 

Comments