• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
बल्व खरिदमा भष्ट्रचार भएको देखिए पछि अख्तियारको छानविन सुरु
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४

इटहरी ८ मंसिर । इटहरी उपमहानगरपालिकाले खरिद गरेको सिफएल बल्व खरिदमा भष्ट्रचार भएको देखिए पछि अख्तियारले छानविन थालेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको पूर्वाञ्चल क्षेत्रीय कार्यलय इटहरीले उपमहानगरपालिको कागज पत्र नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारका निमित्त प्रमुख किसनसिंह थापाले जानकारी दिनुभयो । यसै आर्थिक बर्षको साउन महिना यता खरिद गरिएका सिएफएल बल्बमा आर्थिक अनियमितताको विषयमा उजुरी परे पछि अख्तियारले कागज पत्र नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालयले मंसिर ५ गते सिएफएल बल्व खरिदका विषयमा कागज पत्र उपलब्ध गराउन भन्ने पत्र उपमहानगरपालिकालाई  पठाएको थियो । तर पत्र प्राप्त भएपछि गलत नियतले कागज पत्र लुकाउने र सच्याउने देखिएकाले तुरुन्तै कागज पत्र नियन्त्रणमा लिनु परेको निमित्त प्रमुख थापाले जानकारी दिनुभयो । 

उपमहानगरपालिकाले साउन महिना यता ९७ लाख बढिको बल्व खरिद गरिएको थियो । कागज पत्रको प्रारम्भिक अनुसन्धानमा १ लाखको दरले पटक पटक गरी भुक्तानी गरेको देखिएको छ ।

विना टेण्डर ठुलो परिमाणमा  बल्ल खरिद गरिएको र त्यसको भूक्तानी पनि शंस्कास्पद तरिकाले  पटक पटक गरिएको  पाइएकोे अक्तियारको कार्यालयले जनाएको छ । यता, अख्तियारले कागज पत्र नियन्त्रणमा लिए पछि उपमहानगरपालिका केही वडाध्यक्षहरुले गलत गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

भष्ट्राचारको विषयमा कागजपत्र नियन्त्रणमा लिए पछि वडाध्यक्षहरुले पत्रकार सम्मेलन नै गरेर त्यसको सत्य तथ्य छानविन गर्न माग गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठले जोसुकै कर्मचारी वा जनप्रतिनिधिको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताउनुभयो । 

विगत लामो समय  देखी नगर कार्यपालिको बैठक बस्न नसक्दा आफुहरुले कुरा उठाउन पनि नपाएको वडाध्यक्षहरुले गुनासो पनि गरेका छन् । गाउँ गाउँमा बल्व वितरण गरे पनि कुन प्रकृयाबाट खरिद गरिएको भन्ने जानकारी सम्म आफुहरुलाई नभएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

Comments