• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
खेलकुद
सताक्षी गोल्डकपको फाईनल समिकरण पूरा, अन्तिम सेमिफाईनलमा मनाङ मस्र्याङ्दीको जीत
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४

झापा  झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपको फाईनल समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न अन्तिम सेमिफाईनलमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको हो ।

मनाङले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको म्यान अफ द म्याच मनाङका विशाल राई भए । उनले नगद १० हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको उपाधिका लागि भोलि मनाङले त्रिभुवन आर्मी क्लबसंग फाइनल खेल खेल्नेछ ।

प्रतियोगीताको विजेताले ट्रफि सहित नगद ५ लाख १ हजार र उपबिजेताले २ लाख ५० हजार हजार रुपैया“ प्राप्त गर्नेछन् । 

Comments