• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४

ताप्लेजुङ्ग ४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनतर्फ गरिने बताउनुभएको छ । 

चुनावी अभियानमा रहनुभएका भट्टराईले नेपालमा उत्पादित अलैंची चीनतर्फ निकासी गरिने बताउनुभएको हो । वहाले अलैंची बिक्री नभएर चिन्तित बनेको किसानलाई आश्वस्त पार्दै अब बन्ने वामपन्थी गठबन्धनको सरकारले किसानका सबै समस्या समाधान गर्ने दाबी गर्नुभयो ।

विकास र जनताको दुख बुभ्mन नै एमाले र माओवादी केन्द्र विचबाम गठबन्धन भएको वहाको भनाइ थियो । ताप्लेजुङबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका भट्टराईले नेपाली कांग्रेसले वामपन्थी गठबन्धनविरुद्ध फिंजाएका हल्लाका पछाडि नलाग्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

ताप्लेजुङका राजनितिक दलहरु चुनावको मिती नजिकिए सँगै गाउँ अभियान सकि सहर र नगर केन्द्रित अभियानमा जुटेका छन् । ताप्लेजुङमा पहिलो चरण अन्तर्गत मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव हुँदैछ ।

Comments