• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक ( भिडियो सहित)
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४

ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएका चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द छन् । गीतको भिडियोमा सुलेमान शंकर ’ईकु’ र नव(नायिका क्रिष्टिना पौडेलले कम्मर मर्काएका छन् ।

गीतको भिडियोका कोरियोग्राफर कबिराज गहतराज हुन् । पौष १४ गते रिलिज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रवि डंगोल चलचित्रका निर्देशक हुन् । ६ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र पनि निर्देशन गरेका थिए । यसअघि ’ईकु’ र ’ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् ।

Comments