धनकुटा २९ कार्तिक । प्रतिनीधि र प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति धनकुटाले बेलुकी ८ बजेपछि होटल खोल्न नपाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा वसेको सुरक्षा समिति, होटल व्यवसायी र उद्योग बाणिज्य संघको प्रतिनिधिहरुको बैठकले ८ बजेपछि होटल वन्द गर्ने निर्णय गरेको हो ।
निर्वाचनको बेला राती मदिरा सेवन गरी होहल्ला, झगडा हुने र शान्ति सुरक्षामा असर पुग्ने र चुनावी वातावरणमा असर पर्ने भएकाले ८ बजेपछी सवै होटल बन्द गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदिप राज भण्डारीले जानकारी दिनुभयो ।
८ बजेपछि होटल खुल्ला गर्ने र मदिरा विक्री गरिरहेको पाइए कार्वाही गर्ने समेत जनाइएको छ । त्यस्तै चुनाव हुने ४८ घण्टा अगाडि जिल्लाका सवै होटलमा मदिरा विक्री वितरण पुर्ण निषेध गर्ने समेत जनाइएको छ ।




