• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
स्वास्थ्य
तेह्रथुममा अपरेसन सहितको प्रसुति सेवा प्रभावकारी बन्दै
प्रकाशित मिति: बुधबार, कार्तिक २९, २०७४

 तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालको २४ सै घण्टे निःशुल्क आकस्मिक अपरेसन सहितको प्रसुति सेवा प्रभावकारी बन्दै गएको छ । 

आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाका ७१ जना महिलाको अपरेसन सहितको निःशुल्क प्रसुति गरिएकोे प्रमुख डा. मुक्तिनारायण शाहले बताउनुभयो । अघिल्लो वर्ष अस्पतालमा विशेषज्ञ चिकित्सक  नहुँदा ७ जनाको मात्रै अपरेसन भएको थियो ।

अस्पतालमा आकस्मिक प्रसुति सेवा सुरु भएपछि जिल्लाबाट जोखिम अवस्थाका गर्भवती आमाहरुलाई सुविधा सम्पन्न अस्पतालहरुमा लैजानुपर्ने बाध्यता हटेको छ । जिल्ला अस्पतालमै भरपर्दो र विश्वासनीय रुपमा दक्ष चिकित्सकहरुले प्रसुति गराउने भएपछि जिल्लाबासी हर्षित भएका छन् । तेह्रथुमबासीलाई यसअघि अपरेसन सहितको प्रसुति सेवाका लागि धरान र विराटनगरका अस्पतालमा जानुपर्ने बाध्यता रहेको थियो ।

Comments