• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
  • वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
  • ताप्लेजुङमा कर्मचारीहरु मतदान केन्द्रमा पठाउन सुरु
  • जिल्ला अस्पताल धनकुटा र धनकुटा नगरपालिकामा अनलाईन सेवा सुरु
  • अपरिचित मानिसको गोली प्रहारबाट एक महिला गम्भीर घाईते
राष्ट्रिय
हिमशिखरको फलोअपबाट दमक मालपोतमा यस्ता सुधारका प्रतिबद्धता (भिडियो रिपाेर्ट सहित)
प्रकाशित मिति: मंगलबार, कार्तिक २८, २०७४

दमक २८ कार्तिक । झापाको दमकस्थित मालपोत कार्यालयमा पहिलो चरण अन्तर्गत केहि सुधारका कार्यहरु तत्कालै गरिने भएको छ । हिमशिखर टेलिभिजनबाट निरन्तर मालपोत कार्यालय दमकमा भएको बेतिथी र सेवाग्राहीका समस्या समेटिएको समाचार प्रशारण भएपछि मालपोत कार्यालय दमकले सुधारका लागि सक्रियता देखाएको हो । 

गत आईतबारदेखि हामी निरन्तर रुपमा मालपोत कार्यालय दमकमा भईरहेको काम कार्बाही, त्यहाका समस्या लगायतका बिषयमा केन्द्रित भईरहेका छौं । सोही अनुरुप सोमबार पनि हामी त्याहा पुग्यौं भने मंगलबार पनि हामी मालपोत कार्यालयमा फलोअपका लागि पुग्यौं ।

सेवाग्राही ठगिएका बिषयमा पनि हामीले जिज्ञाशा राख्यौं । त्यसपछि मालपोत कार्यालयका प्रमुख देबी बहादुर भण्डारीले नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका दमक ईकाई अध्यक्ष शुसिल कुमार निरौलालाई पनि कार्यालयमा बोलाउनु भयो । त्यसपछि कसरी सुधार गर्ने भन्ने बिषयमा छलफल सुरु भयो । 

लामो समयको छलफल पछि त्यहा ३ वटा बिषयमा तत्काल सुधार गरिने भएको छ । के के बिषयमा सुधार गरिने भयो त ? ( रिपोर्टमा)

समस्या समाधानका लागि नेपाल लेखापढी कानून व्यवसायी एसोसियसनले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

यस्तै आईतबारबाट सुरु गरिएको मालपोत सुधारका लागि हाम्रो खबरदारी मंगलबारसम्म आईपुग्दा निक्कै अगाडी बढिसकेको छ । अर्थात सेवाग्राहीले समेत त्याहा परिवर्तनको महशुष गरेको प्रतिक्रिया दिएका छन् । 

अहिले जुन प्रतिबद्धता जनाईएको छ । यसको पनि हामी निरन्तर फलोअपमा हुनेछौ भने सेवाग्राहीले यो २ दिन जसरी सहज रुपमा सेवा पाएको प्रतिक्रिया दिएका छन्, यो क्रमले निरन्तरता पाओस् । हाम्रो यहि कामना । 

रिपोर्ट हेर्नुहोस् 

Comments