• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
  • वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
  • ताप्लेजुङमा कर्मचारीहरु मतदान केन्द्रमा पठाउन सुरु
  • जिल्ला अस्पताल धनकुटा र धनकुटा नगरपालिकामा अनलाईन सेवा सुरु
  • अपरिचित मानिसको गोली प्रहारबाट एक महिला गम्भीर घाईते
अन्तर्राष्ट्रिय
इरान र इराकको सीमामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या चार सय नाघ्यो
प्रकाशित मिति: मंगलबार, कार्तिक २८, २०७४

इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या चार सय नाघेको छ । इराकको कुर्द शहर हालब्जा नजिकैको क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ३ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

भुकम्पका कारण सात हजारभन्दा धेरै मानिस घाइते भएका छन् । भूकम्पमा परी सबैभन्दा बढी इरानको पश्चिमी केरमान्शाह प्रान्तका नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पबाट अस्पतालहरुमा पनि क्षति पुगेकाले उपचारमा कठिनाई भएको छ । भूकम्पबाट प्रभावित ७० हजार मानिसलाई तत्काल बासस्थानको आवश्यकता रहेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पपछि दुबै देशका सीमावर्ती क्षेत्रका थुप्रै भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।

विद्युत र सञ्चार सेवा अबरुद्ध भएको छ । इरानमा यस वर्ष लगातार चार पटक ठूला भूकम्प आइसकेका छन् । यस अघि गत मे, अप्रिल र जनवरीमा पनि इरानमा ठूला भूकम्प गइसकेका छन् ।

Comments