• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा ४६ जनाको मृत्यु
  • यमनमा विद्रोहीविरुद्ध भीषण हमला, चार सेना र २२ जना विद्रोहीको मृत्यु भयो
  • विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदै, उद्घघाटन खेलमा आयेजक र साउदी अरब भिड्दै
  • ताप्लेजुङमा धारिलो हतियार प्रहार गरि एक महिलाद्वारा श्रीमानको हत्या, ५ वर्षिया छोरीलाई घटनास्थमै छोडेर श्रीमती फरार
  • प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको उपाधी सशष्त्र प्रहरीलाई, त्रिभूवन आर्मी ६ विकेटले पराजीत
खेलकुद
नेपालले मलेसियालाई ८ विकेटले हरायो
प्रकाशित मिति: मंगलबार, कार्तिक २८, २०७४

काडमाण्डौ २८ कार्तिक । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ ।

४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा दुई विकेट जाँदा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाए ।

यस्तै १ बल खेलेका भिम सार्कीले ३ रन बनाए । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अल आउट गरेको थियो । वर्षाले प्रभावित भएपछि खेल २४ ओभरमा झारिएको थियो ।

 मलेसियालाई कम रनमा आउट गराउने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई दुई विकेट लिए । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । यसअघि आइतबार भारतलाई हराएको नेपाललाई सेमिफाइनलमा पुग्न भारत र बंगलादेशबिचको खेलको परिणाम कुनुपर्ने छ । नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

Comments