• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
  • वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
  • ताप्लेजुङमा कर्मचारीहरु मतदान केन्द्रमा पठाउन सुरु
  • जिल्ला अस्पताल धनकुटा र धनकुटा नगरपालिकामा अनलाईन सेवा सुरु
  • अपरिचित मानिसको गोली प्रहारबाट एक महिला गम्भीर घाईते
बिजनेस
चुनावी रौनकको बेला कृषकहरुलाई भने बाली भित्राउन चटारो (रिपोर्ट सहित)
प्रकाशित मिति: मंगलबार, कार्तिक २८, २०७४

इटहरी २८ कात्तिक । मौसममा चिसो दैनिक बढ्दै गएको छ भने चुनावी रौनकले माहोल तातेको छ । तर खेतबारीमा लगाएको धानी बाली भित्राउन कृषकलाई बेग्लै चटारो छ । बाली भित्राउने समयमा चुनाव परेकाले कृषकहरु दोहोरो मारमा छन् । तर पछिल्लो समय आएका आधुनिक कृषी उपकरणले कृषकलाई बाली भित्राउन सहज बन्दै गएको छ । 

चुनावी माहोल तातिरहेका बेला कृषकहरुलाई बर्ष दिन खाने धान भित्राउन भ्याईनभ्याई छ । तर पछिल्लो समय कृषीमा आएका आधुनिक मेसिन उपकरणले कृषकलाई कृषी कर्म सहज बनाउन थालेको छ ।
 विशेष गरी सुनसरीको बढि धानी बाली हुने दक्षिणवर्ति क्षेत्रमा आधुनिक मेसिनको प्रयोग बढ्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालिका ६ गौतमपुरका सुरेश मेहताले आधुनिक हार्वेस्टर मेसिनको सहयोगले धान बाली भित्राएका छन् । थोरै अनि कम शुल्कमा यस पटक शाहले धान बाली भित्राउको जानकारी दिए । कम समयमा धेरै काम गर्न सहज भएको उनले जानकारी दिए । 

 मेहता जस्तै सुनसरीका ६० प्रतिशत बढि कृषकहरुले अहिले यहि हार्वेस्टर मेसिनको प्रयोग गर्र्दै धानबाली भित्राउने गरेका छन् । यो हार्वेस्टर मेसिनले खेतमा पाकेको धानलाई एकै पटक काटेर घरको भण्डारणमा राख्न गरी दानामा परिणत गरिदिन्छ । हार्वेस्टर मेसिनको सहयोगले बोटमा लहरिएको धानलाई केही घण्टामै आगनमा सुकाउने दानामा रुपान्तरण गरिदिन्छ । 
 एक विगाहा क्षेत्रफलमा लगाएको धान काट्न सामान्य अवस्थामा १० दिन लाग्ने कामलाई यो हार्वेस्टर मेसिनले केही घण्टामै सम्पन्न गर्न सकिने कृषक मेहताले जानकारी दिए । खर्चको हिसावले पनि यो प्रविधि सस्तो पर्ने गरेको कृषकको भनाई छ । १० । १२ हजार लाग्ने काम आधा रकममै सम्भव हुने कृषकहरु बताउँन् । 


 
सुनसरीमा हार्वेस्टर मेसिन ल्याएर धान काट्न नेपाल कृषि कम्पनीले धान काटिदिने गरेको छ । कम्पनीले सुनसरी र मोरगंका कृषकलाई यसरी धान काटेर सहयोग गर्दै आएको छ । कृषकहरुले कम्पनीमा आफ्नोमा धान काट्ने तालिका टिपाउँछन् । कम्पनीले तालिका अनुसार धान काटिदिने गरेको कम्पनीका फर्म म्यानेजर दिलिप चौधरीले जानकारी दिए । कम्पनीले हाल धान रोप्ने, धान काट्ने, पराल बटुल्ने मेसिनमार्फत सेवा पुर्याउँदै आएको छ । भने यस पटक देखी सिचाई गर्ने मेसिन मार्फत सेवा विस्तार गरेको म्यानेजर चौधरीले जानकारी दिए । 

 
आधुनिक मेसिनको प्रयोगसँगै कृषकलाई हसज हुनुका साथै उत्पादकत्व पनि बढ्दै गएको छ । जिल्ला कृर्षि विकास कार्यालयका बाली विकास अधिकृत दीपेन्द्र पोखरेलका अनुसार यो बर्ष ५१ हजार हेक्टरमा धानवाली लगाइएको थियो । 
आधुनिक मेसिनको प्रयोग गदै कृषकहरु चाँडो धान बाली भित्राएर चुनावी रौनकमा सहभागी हुन आतुर देखिएका छन् । हिमशिखर टेलिभिजनका लागि विवेक भट्टराई सुनसरी । 


रिपोर्ट 

Comments