• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
राष्ट्रिय
शेरधन राई चढेको गाडीमा बम प्रहार
प्रकाशित मिति: मंगलबार, कार्तिक २८, २०७४

भोजपुर २८ कार्तिक । भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् ।

भोजपुरको ट्याम्के मैयु गाउँपालिका–७ को दलगाउ र कोटको बिचको पिखुवा खोलमा १४ र १५ जनाको समूहले गाडी माथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बम प्रहारबाट ल्यान्ड रोभर गाडीमा क्षति भएको छ । उम्मेद्वार राई भने सकुशल हुनुहुन्छ । सुरक्षा कर्मीले बम प्रहार गर्नेमाथि २१ राउन्ड गोली प्रहार गरेको जनाएकोछ । प्रहरीले राइको हातमा चोट लागेको जनाएको छ ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेशसभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्नुभएको छ ।

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमणलाई आफ्नो पार्टीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएको ओलीको भनाइ छ ।

Comments