• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाका विभिन्न राज्यमा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित
  • नेपाली कांग्रेसको महासमिति वैठक आगामी २९ गते शनिबारदेखि हुने, सम्पूर्ण तयारी पुरा
  • झापाको दमकमा सवारी दुर्घटना, २ जनाको मृत्यु, मृतक दुबै एकै परिवारका
  • प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना, स्वास्थ्यमा आकस्मिक समस्या
  • २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
मोफसल समाचार
हत्यारालाई कार्बाहीको माग गर्दै दमकमा प्रदर्शन
प्रकाशित मिति: आइतबार, कार्तिक २६, २०७४

दमक २६ कार्तिक । झापाको दमक स्थित त्रिबेणी गेष्ट हाउसमा हत्या भएका स्थानीय राजेश मल्लिकको हत्यारालाई कार्बाहीको माग गर्दै बिद्यार्थीहरुले दमकमा प्रदर्शन गरेका छन् । 

दमकस्थित हिमालय माबिमा अध्यनरत मल्लिकको हिजो साँझ दमकस्थित सो गेष्ट हाउसमा हत्या गरिएको अवस्थामा शब फेला परेको थियो । हत्यारा पत्ता लगाई कडा भन्दा कडा कार्बाहीको माग गर्दै बिद्यार्थीहरुले नाराबाजी गर्दै दमक बजार परिक्रमा गरेका छन् । 

प्रहरीले हिजैसाँझ घटनाको छानबिनका लागि भन्दै तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गरिसकेको जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले केहि दिन भित्रै सत्यतथ्य सार्वजनिक हुने ईलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले जानकारी दिनुभएको छ । 
 
Comments