• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
खेलकुद
दमक रनले आगामी मंसिर ९ गते मिनि म्याराथन प्रतियोगिता गर्ने
प्रकाशित मिति: आइतबार, कार्तिक २६, २०७४

दमक । दमक रनले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर ३० विधामा पुरस्कार सहितको मिनि म्याराथन गर्ने भएको छ ।

आगामी मंसिर ९ गते १५ किलोमिटर दुरीको दौडको आयोजना गर्न लागिएको आज आयोजीत पत्रकार भेटघाटमा जनाईयो ।

मिनि म्याराथनको मुख्य आकर्षण किर्तिमानी धावक बैकुण्ठ मानन्धर रहने छन् । मानन्धरले पनि दौडिएर सहभागीहरुको मनोवल बढाउने दमक रनका कार्यवाहक अध्यक्ष दिवस राईले जानकारी दिनुभयो ।

मिनि म्याराथनमा खुल्ला पुरुष तर्फ ५०, ३० र २० हजार तथा खुल्ला महिला तर्फ ४०, २५ र १५ हजार रुपैयाँ क्रमशः पहिलो, दोश्रो र तेश्रोले पुरस्कार पाउने छन् । यस्तै अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Comments