• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
अन्तर्राष्ट्रिय
४ सय जनाको सामुहिक चिहान फेला
प्रकाशित मिति: आइतबार, कार्तिक २६, २०७४

 इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ ।  इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो ।

गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो ।

चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेका छन् । किरकुक प्रान्तका गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताएका छन् ।

इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ । 

Comments