• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
राष्ट्रिय
वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष अोली
प्रकाशित मिति: शनिबार, कार्तिक २५, २०७४

दमक २५ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

झापा क्षेत्र नम्बर–१ को धुलाबारीमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताउनुभयो । ‘नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली कांग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुने उहाको भनाइ छ ।

आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उहाको दावी छ । आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो । 

झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभाको उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओली चुनावी दौडाहामा हिजोदेखि झापामै रहनुभएको छ । आजै उहाले झापाको कमल गाउपालिकाका बिभिन्न स्थानमा आयोजित कार्यक्रमहरुलाई संबोधन गरिरहनुभएको छ । 

Comments