• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
राष्ट्रिय
पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
प्रकाशित मिति: शनिबार, कार्तिक २५, २०७४

काठमाण्डौ २५ कार्तिक । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको आज आफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । आज बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहनुभएको थियो । बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष समेत बन्नुभएको थियो । २ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मनुभएका बिष्ट  २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बन्नुभयो । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक उहा प्रधानमन्त्री बन्नुभएको थियो ।

दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिनुभएका बिष्टलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उहालाई मन्त्रिपरिषद्का उपाध्यक्ष बनाईएको थियो । 

Comments