• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा ४६ जनाको मृत्यु
  • यमनमा विद्रोहीविरुद्ध भीषण हमला, चार सेना र २२ जना विद्रोहीको मृत्यु भयो
  • विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदै, उद्घघाटन खेलमा आयेजक र साउदी अरब भिड्दै
  • ताप्लेजुङमा धारिलो हतियार प्रहार गरि एक महिलाद्वारा श्रीमानको हत्या, ५ वर्षिया छोरीलाई घटनास्थमै छोडेर श्रीमती फरार
  • प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको उपाधी सशष्त्र प्रहरीलाई, त्रिभूवन आर्मी ६ विकेटले पराजीत
राष्ट्रिय
प्रधानमन्त्री देवाले आज तीन जिल्लाको आमसभालाई संबोधन गर्दै
रविन भट्टराई प्रकाशित मिति: शनिबार, कार्तिक २५, २०७४

ताप्लेजुङ २५, कार्तिक  । नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्रि शेरबहादुर देउवाले आज ताप्लेजुङ सहित पुर्वका तीन जिल्लाको चुनावि आमसभालाई संबोधन गर्ने भएका छन् । 

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पुर्व निस्किने प्रधानमन्त्रि देउवाले आमसभालाई संबोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथिभरा देविको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेश ताप्लेजुङले जनाएको छ । 

विहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यस पछि ताप्लेजुङ सदरमुकाम स्थित तोक्मेडाँडामा आयोजित चुनावि आमसभालाई संबोधन गर्ने कार्यक्रम रहेको कांग्रेस फुङलिङ नगरपालिका सभापति शिवकुमार गुरुङले बताए । 

तोक्मेको आमसभापछि पाँचथर र सोलुखुम्बुको चुनावि आमसभालाई संबोधन गर्ने बताईएको छ । सभापति देउवासँगै कांग्रेस प्रवक्ता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम रहेको बताईएको छ । 

प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, प्रवक्ता खाँण, ताप्लेजुङ प्रतिनिधिसभा उम्मेदवार केशवकुमार दाहाल, प्रदेश सभा उम्मेदवारहरु लीला बोखिम, दीपेन्द्रकुमार सेन्दाङ, समानुपातिक उम्मेदवार प्रतापप्रकाश हाङगाम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
 

Comments