• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
राष्ट्रिय
छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या
प्रकाशित मिति: शनिबार, कार्तिक २५, २०७४

रोल्पा २५ कार्तिक । रोल्पा नगरपालिका–७ घापामा एक व्यक्तिले माइती आएकी छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

४० वर्षका लिलबहादुर पुन मगरले २५ वर्षीया छोरी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका पुनमगरले गएराती खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । पुनलाई प्रहरीले पक्राउ गरेको छ । मृतकहरुको शव पाष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ ।

Comments