• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
बिजनेस
६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर अख्तियारद्धारा रंगेहात पक्राउ
डिल्ली राज पन्त प्रकाशित मिति: शुक्रबार, कार्तिक २४, २०७४

कञ्चनपुर,२४ कार्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाई ६ लाख नगद  घुस लिदै गर्दा रंगे हात पक्राउ गरेको छ । 
शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर केदार शर्मा र सहायक ईन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै जनालार्ई पक्राउ गरेको बताउनु भएको छ । उनका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद रु. ६ लाख रुपैया प्रमुख जिल्ला ईन्जिनियर केदार शमोको निवासबाट बरामद गरिएको छ । 

यस्तै लिएको ९ लाख र रु.५ लाख ३० हजारको बैंकको चेक समेत सेवा ग्राहिबाट दुवै जना ईन्जिनियरले लिएको र सो कार्यालयकै अन्य कर्मचारी चेक साट्न कैलाली गएकाले सो वारे समेत अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु सिह बिष्टले जानकारी दिनु भएको छ ।

७ नम्बर क्षेत्रमा अख्तियारको कार्यालय स्थापना भएदेखि पहिलो पटक कार्यालय प्रमुख र उच्च कर्मचारी घुस सहित पक्राउ गरेको यो पहिलो घटना हो । यस अघि कार्यालय सहयोगी देखि नायब सुब्बा सम्म रंगेहात पक्राउ पर्दै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले रंगेहात पक्राउ परेका दुवै जना ईन्जिनियरलाई थप कार्बाहीका लागि कार्यालय ल्याईएको र दुवैका फाईल तयार गरेर आवश्यक कार्बाहीका लागि आयोगमा पठाउने तयारी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख विष्णु सिंह विष्टले जानकारी दिनुभएको छ ।
 
विकासे अड्डा जिल्ला प्राविधिक कार्यालयका प्रमुख र जिम्मेबार कर्मचारीले यसरी सेवाग्राहीबाट अवैध रुपमा मोटो रकम घुस लिन नछाड्दा विकास निर्माणका काममा समेत प्रभाव पर्दै आएको छ ।

Comments