• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
राष्ट्रिय
उम्मेद्धारले नै गरे पार्टी परित्याग
प्रकाशित मिति: शुक्रबार, कार्तिक २४, २०७४

पाँचथर २४ कार्तिक । मंसिर १० गते हुने निर्वाचनमा पाँचथरबाट प्रतिनिधि सभाको उम्मेद्धार बनेका नयाँ शक्ति पार्टी नेपालका दुइ जना उम्मेद्धार सहित चार जनाले पार्टी छाडेको घोषणा गरेका छन् ।

प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ उम्मेद्धारी दिएका दिलबहादुर लावती र समानुपातीक उम्मेद्धार रमेश परियारले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग सहित उम्मेद्धारी फिर्ता गरेको घोषणा गरेका हुन् ।

नेतृत्वको ढुलमुले चरित्रको कारण उम्मेद्धारी फिर्ता लिदैँ पार्टी परित्याग गरेको घोषणा गरोको विज्ञप्तिमा भनिएको छ ।

कानुनी रुपमा आफ्नो उम्मेद्धारी फिर्ता हुन नसके पनि राजनीतिक रुपमा आफ्नो उम्मेद्धारी दिर्ता गरेको विज्ञप्तिमा भनिएको छ ।

लावती र परियार सहित शिक्षक संघ केन्द्रिय सदस्य हेम बहादुर जवेगु र जिल्ला खेलकुद संयोजक अनुराग केप्छाकि मगरले पार्टी छाडेका हुन् । नेपाली काँग्रेसका उम्मेद्धारलाई समर्थन गर्दै पार्टी छाडेर उम्मेद्धारी फिर्ता गरिएको मगरले जानकारी दिनु भयो । 

Comments