• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
राष्ट्रिय
नेता गणेशमान सिंहको १ सय २ औ जन्म जयन्ती
प्रकाशित मिति: शुक्रबार, कार्तिक २४, २०७४

काठमाण्डौ २४ कार्तिक । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १ सय २ औ जन्म जयन्ती कांग्रेस एवं उसका भातृसंगठनले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । 

सो अवसरमा गणेशमान सिंह फाउन्डेसनले राजधानीमा आज अन्तरक्रिया  लगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनका अध्यक्ष तथा गणेशमान सिंहका सुपुत्र कांग्रेस नेता प्रकाशमान सिंहले शोभाभगवतीस्थित गणेशमानसिंहको शालिकमा माल्यार्पण गर्दै प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले गरेको योगदानको चर्चा गर्नुभयो ।

प्रजातन्त्र स्थापना र पुनः स्थापनाका लागि जीवनभर संघर्ष गरेका योद्धा एवं २०४६ का जनआन्दोलनका सर्वाेच्च कमाण्डर स्वर्गिय गणेशमान सिंहकै नेतृत्वमा मुलुकमा राजनीति धार परिवर्तन भएको भन्दै नेता प्रकाशमान सिंहले वर्तमान परिपेक्ष्यमा उहाँका विचार र सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो  ।

प्रतिनिधीसभाको निर्वाचनमा काठमाडौ क्षेत्र १ का उम्मेदवारसमेत रहनुभएका पूर्वमहामन्त्री सिंहले नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले फेरि पनि एकदलिय शासन व्यवस्थाको संकेत गरेको बताउनुभयो ।

रुपान्तरित भएर बहुदलीय संसदीय व्यवस्थामा आइसकेका कम्युनिष्टले फेरि पनि एकदलीय शासन व्यवस्था कायम गर्न खोजेको भन्दै उहाँले कांग्रेसले त्यसमा सहमती नजनाउने र आइपर्ने चुनौतीलाई डटेर सामना गर्ने उल्लेख गर्नुभयो ।

Comments