• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा ४६ जनाको मृत्यु
  • यमनमा विद्रोहीविरुद्ध भीषण हमला, चार सेना र २२ जना विद्रोहीको मृत्यु भयो
  • विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदै, उद्घघाटन खेलमा आयेजक र साउदी अरब भिड्दै
  • ताप्लेजुङमा धारिलो हतियार प्रहार गरि एक महिलाद्वारा श्रीमानको हत्या, ५ वर्षिया छोरीलाई घटनास्थमै छोडेर श्रीमती फरार
  • प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको उपाधी सशष्त्र प्रहरीलाई, त्रिभूवन आर्मी ६ विकेटले पराजीत
राष्ट्रिय
बिर्तामोडमा पूर्वाञ्चल स्वास्थ्य महोत्सव हुने
प्रकाशित मिति: बिहीबार, कार्तिक २३, २०७४

बिर्तामोड २३ कार्तिक । झापाको बिर्तामोडमा पूर्वाञ्चल स्वास्थ्य महोत्सव हुने भएको छ ।  आगामी मंसिर २ गतेदेखी ६ दिन सम्म महोत्सव सञ्चालन हुने आयोजक बिएण्डसी हस्पिटलले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बिर्तामोडमा सञ्चालित बिएण्डसी हस्पिटलमा हुने महोत्सवको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । महोत्सवबाट पूर्वका दश हजार सर्वसाधारणले लाभ लिने अपेक्षा गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।

महोत्सव अवधीभर प्रदान गरिने सेवाहरु सिटी स्क्यान, एमआरआई र रेडियोलोजी सेवामा १५ प्रतिशत, ल्याव टेस्टमा २० प्रतिशत, शल्यक्रियामा २० प्रतिशत, औषधीमा १० प्रतिशत र ओपीडी सेवा निःशुल्क गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बताउनुभयो ।

महोसत्वमा स्वास्थ्य चिकित्सकसँग सम्बन्धित विज्ञ, विशेषज्ञहरुको समेत उपस्थिती रहने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।

Comments