• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
  • वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
  • ताप्लेजुङमा कर्मचारीहरु मतदान केन्द्रमा पठाउन सुरु
  • जिल्ला अस्पताल धनकुटा र धनकुटा नगरपालिकामा अनलाईन सेवा सुरु
  • अपरिचित मानिसको गोली प्रहारबाट एक महिला गम्भीर घाईते
स्वास्थ्य
निशुल्क मुटु परीक्षण शिविरमा दुई सय ४० जनाको स्वास्थ्य परीक्षण
प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०७४

चितवन २२ कार्तिक । चितवनको भरतपुरमा आयोजना गरेको निशुल्क मुटु परीक्षण शिविरमा दुई सय ४० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

लायन्स क्बल अफ नारायणगढ, लायन्स क्बल अफ नारायणगढ बालकुमारी, लायन्स क्बल अफ नारायणगढ नारायणी, रोट्रयाक्ट क्लब अफ भरतपुर, एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको समेत आयोजनामा शिविर संचालन गरिएको हो ।

शिविरमा भरतपुर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, नेपाल हृदय रोग निवारण प्रतिष्ठान, अफ्रिकन हर्ट लगायतका संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । नारायणगढमा आयोजना गरिएको मुटु परीक्षण शिविरमा मधुमेह र सुगर समेत परीक्षण गरिएको लायन्स क्बल अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिनुभयो ।

चेक गणतन्त्रबाट आएका सात जना र दुई जना नेपाली डाक्टरको टोलीले परीक्षण गरेको मुटु शिविरमा एक जना आठ वर्षीय बालकको मुटुमा प्वाल भेटिएको चुकेले बताउनुभयो । मधुमेह परीक्षण गर्न पुगेका बिरामी मध्ये अधिकांशमा रोग देखिएकोले खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् ।

Comments